अब ४ हजारमै पिसिआर परीक्षण हुने 

काठमाडौं -कोरोनाको आरटी पिसिआर परीक्षण अब ४ हजारमै गर्ने सकिने भएको छ । सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्ट प्रालिले ४ हजारमै आरटी पिसिआर परीक्षण गर्ने सकिने भएको हो।

आइतबार विज्ञप्ति जारी गरी प्रालिले १५ साउनबाट स्वाब संकलन गरेर परीक्षण सुरु गरेको ल्याबले करिब ५ घन्टामा तयार हुँदै आएको रिपोर्ट सेवा र सुविधालाई तीव्र बनाउँदै ४ घन्टामै रिपोर्ट लिन सकिने गरी काम गरिरहेको जनाएको छ।

कोभिड-१९ को महामारीमा परीक्षणको दायरा बढाउँदै छिटो भन्दा छिटो संक्रमितको पहिचान गर्ने सरकारको अभियानमा साथ दिन पाउँदा खुसी व्यक्त गरेको छ। प्रारम्भिक परीक्षणको नतिजा अनुसार ल्याबको क्षमता प्रयोग गर्दा रु ४ हजारमा नै आरटी पिसिआर परीक्षण गर्न सकिने देखिएपछि शुल्क घटाएको ल्याब प्रमुख विके भण्डारीले बताए ।

उनका अनुसार महामारीको यो अवस्थामा जनताको सेवालाई ध्यानमा राख्दै ल्याब खर्च समावेश हुनेगरी मात्र शुल्क राखिएको हो । अन्तर्राष्ट्रिय बजारमै कोरोना परीक्षणका लागि प्रयोग हुने किट लगायत वस्तुको भारी गिरावट आइरहेकोले सरकारले तोकेको अधिकतम मूल्यभन्दा पन्ध्र सय रुपैंया सस्तोमा परीक्ष गर्ने तयारी कम्पनिले गरेको हो ।’ ‘हाम्रो प्रयोगशालाको दैनिक नमुना परीक्षण क्षमता ४२०० भन्दा बढी रहेको छ । सरकारले अनुमति दिएसँगै हामीले यसअघि प्रति टेष्ट ४५०० का दरले गर्ने भनेर मुल्य तोकेका थियौं ।

हाम्रो प्रारम्भिक परीक्षणको नतिजा अनुसार ल्याबको क्षमता प्रयोग गर्दा हाम्रो ल्याबमा रु ४ हजारमा नै आरटी पिसिआर परीक्षण गर्न सकिने देखिन आएको छ ।’ ,विज्ञप्तिमा उल्लेख छ।

हेल्थ आवाज ।