नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं, नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमाको थप तीन जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु ५०, ४६ र ३१वर्षका पुरुष हुन् ।

टेकु अस्पताल स्रोतका अनुसार तीनमध्ये दुई जना संक्रमित बारा र एक जना वीरगन्जका रहेका छन्। उनीहरु तीनैजना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । उनीहरु तीनैजना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।  Arthapath bata