प्रधानमन्त्री ओली र सभामुखबीच बजेट अधिवेशनको बारेमा छलफल

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बजेट अधिवेशनको बारेमा छलफल भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग आउँदो बजेट अधिवेशनका बारेमा छलफल गर्नुभएको हो ।

जेठ १५ मा बजेट अनिवार्य ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन चलेकाले संसद् ठप्प हुँदा बजेट अधिवेशनबारे छलफल हुन सकेको छैन ।   Ujyalo  bata