कर्णाली पनि बाढीको उच्च जोखिममा , सतर्क रहन प्रशासनको आग्रह

सुर्खेत –  जिल्ला प्रशासन कार्यालय सुर्खेतले केही दिनयतादेखिको अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढेपछि सतर्क रहन आग्रह गरेको छ ।

सुर्खेत लगायत छिमेकी जिल्लाहरुमा बाढी पहिरोको उच्च जोखिम बढेपछि प्रशासनले सतर्कता अपनाउन आग्रह गरको हो । लगातारको वर्षाको कारणले सुर्खेतमा रहेका सिम्ता खोला, भुप्रा खोला, चिंगगाड खोला, खहरे खोला, गोछे खोला, इत्राम खोला, खोर्के खोला, निकास खोला, भेरी तथा कर्णाली नदीको तटिय क्षेत्र आसपासका क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम बढेपछि त्यस क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

जोखिमयुक्त स्थानमा बसोबास गर्ने समुदायले सतर्कता अपनाउन र कुनै घटना घटेमा स्थानीय वडापालिका, गाउँपालिका, नगरपालिका तथा सुरक्षा निकायमा जानकारी गराउन सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आग्रह गर्नुभएको हो ।

आज राती पनि भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदी आसपास, दैलेख, अछाम, कालीकोट लगायतका केही क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन सुर्खेत प्रशासनले आग्रह गरेको छ ।

कुनै घटना घटेमा यि नम्बर मा फोन गर्र्न सक्नुहुनेछ