सिन्धुपाल्चोको बाढीमा हराएका २० जनामध्ये एक जनाको शव भेटियो

काठमाण्डौ – सिन्धुपाल्चोको बाढीमा हराइरहेका २० जनामध्ये एक जनाको शव भेटिएको छ ।

सम्पर्कविहीन भएका एक जना चिनियाँ नागरिकको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । यस्तै चार जना धुलिखेलबाट सम्पर्कमा आएकाले उनीहरु बाढीमा परेर हराएका हुन् या होइनन् भनेर सोधपुछ भइरहेको पोखरेलले बताउनुभयो ।

बाढीमा परेर घाइते भएकाको हिजै उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । बाढीका कारण मेलम्ची नगरपालिकाका ६ सय र हेलम्बु गाउँपालिकाका झण्डै ३ सय जना विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।