पछिल्लो २४ घन्टामा ३ हजार ८२ जना संक्रमणमुक्त, २८ सय २८ मा संक्रमण

काठमाडौं – पछिल्लो २४ घन्टामा २८ सय २८ जना कोरोना भाइरस ९कोभि‍ड(१९० संक्रमित थपिएका छन्।

विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार २२ नमूनामा २८ सय २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाबाट ५२ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ। मन्त्रालयका अनुसार ४३ जिल्लामा संक्रमितको संख्या ५ सय बढी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *