सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गरिने

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेशको खेलकुद क्षेत्रको विकास निर्माणका लागि ५९ करोड रुपयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै संघ सरकारको सहयोगमा सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गरिने बताउनुुभएको छ ।

यस्तै शर्माले रुकुम पश्चिमको चौरजहारीमा क्षेत्रीय रंगशाला र प्रत्येक जिल्लामा खेल पूर्वाधार कबर्ड हल निर्माणका लागि स्थानीय तहसँग सहकार्य गरिने बताउनुुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *