सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट मा कतिपय कार्यक्रम आर्थिक वर्ष २०७७ _७८ वर्षकै कार्यक्रमलाइ निरन्तरता दिएको छ ।
बजेटमा प्रदेश प्रमुख दन्त उपचार सेवा तथा देश दर्शन कार्यक्रमदेखि उत्कृष्ट किसानलाई सुनको हलो दिने योजनाहरू समावेश गरिएको छ
। पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, बैंक खाता छोरीकोः सुरक्षा जीवन भरीको, मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम मुख्यमन्त्री दलित, आयआर्जन कार्यक्रम छाउपडीमुक्त अभियान सञ्चालन, प्रदेश कला गौरवबाट विभूषित र प्रत्येक घर स्वरोजगार कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।
यस्तै, कृषि प्राविधिक स्वरोजगार प्रवर्द्धन परियोजना, कृषि उद्योगको अनुकुलतामा उत्पादन, उत्पादनको आधारमा उद्योग, एक स्थानीय तह एक कृषि उपज उत्पादन, मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम प्रदेशभरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २०० जना कृषकलाई पुरष्कृत गर्न रु ४० लाख रकम विनियोजन गरिएको छ । यसैगरी, टिस्युकल्चर ल्याब स्थापना, एक जिल्ला एक उद्योग ग्राम स्थापना र कर्णाली जडिवुटी प्रशोधन उद्योग स्थापना गर्ने बजेटमा समेटिएको छ ।