सुर्खेत – सर्वोच्च अदालतले कर्णाली प्रदेशका ४ एमाले सांसदलाइ पुनर्वहाली गर्न आदेश दिएपछि एमालेका चार सांसद पुनर्वहाली भएसँगै कर्णाली सरकार अल्पमतमा परेको छ ।
सभामुखले पत्र पढेसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेको सांसद लिएर सरकार चलाउने कुरा मान्य नहुने बताउनुभएको छ ।
संसदीय अभ्यासका आधारबाट संसदलाई कारवाही अघि बढाउने हो भने एमालेका माननीय सदस्यलाई कोही कसैले कहि राख्ने अधिकार छैन । थिति बिगार्ने गरी छलफल चलाउन सकिदैन । जति भनेपनि बुझ्दै नबुझ्ने हो भने, सरकार यहि बाटोमा हिडने नै हो, जो पायो त्यहि व्यक्तिलाई मन्त्री बनाउने हो भने, आफ्नालाई थन्काउने हो भने हाम्रो भन्नु केही छैन । एमालेका सांसदहरु एमाले बसेकै लाइनमा आएर बस्नुपर्छ ।’ उहाँले भन्नुभएको छ ।
अदालतको निर्णय अनुसार आफ्नो दल चल्ने कँडेलले सदनमा बताउनुभएको छ । ‘सभाभित्रको संख्यामा फेरबदल भएको छ । छलफलको विषय अहिले नै रोक्नुपर्ने हो । तर, छलफल चलाउन हामी समस्याको समाधान चाहन्छौं । हामी केही समय पर्खिैन्छौं । सदन अवरुद्ध गर्ने हाम्रो चाहना छैन ।’
एमालेका सांसद एमालेमै फिर्ता गरे मात्रै छलफलमा सहयोग गर्ने कँडेलले प्रष्ट पार्नुभएको छ ।
आज प्रदेश सरकारको आर्थिक वर्ष २०७८र०७९ को वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । भोलि नयाँ बजेट ल्याउने सरकारको तयारी छ