सुर्खेत – कर्णाली प्रदेशका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्ने बताउनुभएको छ ।
मन्त्री थापाले सर्वोच्च अदालतले दिएको आदेश अनुसार आफूहरू एमालेको दलको सदस्य भएको बताउँदै नीति तथा कार्यक्रम पारित गर्न आफूहरू तयार रहेको बताउनुभएको हो ।
‘उहाँले भन्नुभयो हामी एमाले नै हो । एमाले नै थियौं । हामीलाई केपी शर्मा ओलीले अवैधानिक रुपमा कारवाही गरेका हुन ।’ ‘अवैधानिक कारवाहीका विरुद्ध हामी सर्वोच्चमा गएका हौं ।’ हामी आफैंले बनाएको नीति तथा कार्यक्रम किन फेल गराउने , ‘नीति तथा कार्यक्रमको विरुद्धमा लागिँदैन । अहिलेलाई यति बुझ्नुस् । हिजो पनि हामीले फ्लोर क्रस गरेको होइन ।
सरकारमा आफूहरू नै सहभागी भइरहेको समयमा आफैंले ल्याएको नीति तथा कार्यक्रम फेल नगराउने मन्त्री थापाको भनाइ छ ।