काठमाडौं – नेपाली काँग्रेसले शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोर्याउन चेतावनी दिएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुइ दिनअघि विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङको पुन मुख्यमन्त्रीमा दाबीले षडयन्त्रको आशंका बढाएको बताए ।
काँग्रेसले बहुमत हस्ताक्षर अनुरुप पोखरेललाई अविलम्ब मुख्य मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको छ। मुख्यमन्त्री नियुक्तिको सहज संवैधानिक प्रक्रिया कार्यान्वयनमा ढिलाई गरिएकोप्रति काँग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको शर्माले बताए ।
ुशितल निवासमा झैं षडयन्त्रको कुनै दबाबमा नपर्न प्रदेश प्रमुखलाई अपील गर्दै बहुमत ३१ सांसदको हस्ताक्षर र उपस्थितिमा प्रस्तुत दावा बमोजिम मुख्य मन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अविलम्ब नियुक्त गर्न नेपाली कांग्रेस माग गर्दछ,ु शर्माले भने ।