लोपोन्मुख राउटे समुदाय र मुख्यमन्त्री शाहीबिच भेटघाट

सुर्खेत – शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा राउटे समुदाय र यौन दुर्व्यवहारमा परेकी किशोरीसँग भेटघाट गर्नुभएको छ ।

उक्त भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

भेटघाटमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी पनि सहभागी हुनुभएको थियो ।

राउटे समुदायलाइ शाहीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।