काठमाडौं उपत्यकामा १५ सहित थप २ सय १० जनामा कोरोना

काठमाडौं—काठमाडौं उपत्यकामा १५ सहित थप २ सय १० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, भक्तपुरमा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ सय ४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या १४ हजार २१ जना पुगेको छ । त्यस्तै, हाल ५ हजार ३ सय ६० केस सक्रिय अवस्थामा छन् । बुधबार रेड जोनमा कोहि पनि नपरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

कहाँ कति नयाँ संक्रमित थपिए ?

विपी कोइराला प्रतिष्ठान, धरान प्रयोगशाला — सुनसरीका १, मोरङका ३ कोशी अस्पताल विराटनगर, प्रयोगशाला— मोरङ ३

प्रादेशिक प्रयोगशाला विराटनगर—मोरङ २

वीर अस्पताल प्रयोगशाला — काठमाडौँका २

प्रादेशिक प्रयोगशाला, जनकपुर—सप्तरीका १, सर्लाहीका १, धनुषाका १२ र महोत्तरीका १३

नारायणी अस्पताल, प्रयोगशाला— पर्सा ३४

कृषि जन्य अनुसन्धान तालिम केन्द्र प्रयोगशाला, हेटौंडा — नवलपरासी पुर्वका २, रौतहटका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु— भक्तपुरका १, काठमाडौँका २, धादिङ्गका ७, कपिलवस्तुका २

शुक्रराज अस्पताल प्रयोगशाला— काठमाडौँका ७ जना

त्रिवि शिक्षण अस्पताल प्रयोगशाला, काठमाडौँ— काठमाडौँ १

नेपाल प्रहरी अस्पताल प्रयोगशाला— सप्तरीका १ जना

स्टार अस्पताल प्रयोगशाला, ललितपुर— काठमाडौँका २, महोत्तरीका १ जना क्षयरोग केन्द्र

प्रयोगशाला पोखरा—स्याङ्जाका २६, तनहुँका १ जना, बाग्लुङ्गका ७ जना, म्याग्दीका २ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला—सुर्खेतका १

डडेल्धुरा अस्पताल प्रयोगशाला—बैतेडीका २, डोटीका १५

सेती प्रादेशिक अस्पताल प्रयोगशाला —डोटीका ३६ जना, कैलालीका ८ जना र कन्चनपुरका ८ जना। हेल्थअावाज ।