विद्यार्थी नेता बिसीले दिए साझा घरका बालबालिकालाई कपडा

सुर्खेत – नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष गौतम बिसीले साझा घर नेपालका बालबालिकालाई कपडा सहयोग गरेका छन् ।
वीरेन्द्रनगर–९ स्थित साझा घरमा रहेका १२ जना विपन्न तथा सडक बालबालिकालाई एक–एक जोरका दरले कपडा सहयोग गरेका हुन् ।
बुधबार उनका भाई पुष्प बिसीले साझा घर नेपालका सचिव तपेन्द्र विकलाई कपडा हस्तान्त्रण गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका विपन्न र सडक बालबालिकालाई कपडा सहयोग गर्न पाउँदा खुसी लागेको विद्यार्थी नेता बिसीले बताए ।
विश्वभर महामारीका रुपममा फैलिएको कोरोना भाइरसको कारण सरकारले गरिएको लकडाउनमा विभिन्न ठाँउहरुमा समस्यमा परेका नागरिकहरुलाई स्वास्थ्य तथा खाद्यान्नका सामग्रीहरु समेत सहयोग गरेका थिए ।
साझा घर नेपालमा बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्ग र असाहय गरी २५ जना बस्दै आएका छन् ।