बाँकेमा थप ६ जनाले जिते कोरोना

नेपालगञ्ज – बाँकेमा बुधबार ६ जनाले कोरोना जितेर घर फर्केका छन्। स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार खजुरा गाउँपालिकाका ५ र नेपालगञ्जका १ जनाले कोरोना जितेका हुन्। बाँकेमा २ जना मृतक सहित ४०५ जनामा कोरोना संक्रमण भएकोमा हाल जिल्लामा रहेका एकान्तबास केन्द्रमा २६ जना मात्रै उपचाररत रहेको स्वास्थ्य कार्यालय बाँकेका सम्पर्क ब्यक्ति श्रेष्ठले जानकारी दिए।