सुर्खेत – कर्णाली प्रदेशअस्पतालमा पछिल्लो समय कोरोना जित्ने संक्रमितको संख्या बढ्दै गएको छ ।
अस्पताल सुर्खेतका अनुसार आइसोलेशन सुरु भएदेखि हालसम्म आइसोलेशनमा बसेका १३ सय ७८ जनामध्ये ११ सय ४५ जनाले कोरोना जितेर घर फर्केका छन् । कोभिड(१९ बाट १ सय २५ जनाको ज्यान भएको छ ।
बुधबार थप ३ जना संक्रमित उपचारका लागि आइसियूमा भर्ना भएपछि हालसम्म आइसियूमा भर्ना हुनेबिरामीको संख्या ३ सय ९२ जना पुगेको छ । यस्तै, बुधबार थप ३ जना संक्रमितलाई उपचारका लागि भेन्टिलेटरमा राखिएपछि हालसम्म भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी ९३ जना पुगेको प्रदेश अस्पतालले सार्वजनिक गरेको कोभिड-१९ दैनिक प्रतिवेदनमा उल्लेख छ ।