प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच भेटघाट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको छ ।

केहीबेरअघि प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुग्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभएको छ ।

बालुवाटार स्रोतका अनुसार सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्नु प्रधानमन्त्रीको कर्तव्य भित्र पर्छ । पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दैगएकाबेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएकोको बताइएको छ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साँझ ७ः३० बजेदेखि शीतलनिवासमा छलफल भएको बालुवाटार स्रोतले बतएको छ । छलफल भने जारी नै रहेको छ ।