प्रधानमन्त्रीलाई सभामुखको चिठी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटाले चिठी लेख्नुभएको छ ।

सभामुख सापकोटाले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गर्नुभएको हो

सभामुख सचिवालयका अनुसार राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ ।