काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रमा नफर्कने बताउनुभएको छ ।
केही संचारमाध्याममा माओवादी केन्द्रमा फर्कने समाचार आएपछि त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै नेता रायमाझीले आफू अहिले केपी ओली नेतृत्वको पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको उल्लेख गर्नुभएको छ
रायमाझीले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै औपचारिक रुपमा विघटनको घोषणा मात्र गर्न बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन आफूहरुका बारेमा भ्रमपूर्ण प्रचार गरिएको आरोप लगाउनुृभएको छ ।
कुर्सी मोह, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भइ सिंगो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अघि बढेर काँग्रेस सभापतिको शरणमा पुगेको रायमाझीको टिप्पणी छ।