युरोकप तयारीको खेलमा इटालीको सानदार जित

एजेन्सी । युरोकप तयारीको लागि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । वान्डा मेट्रोपोलिटानो म्याड्रिड स्पेनमा गएराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

युरोकपको तयारीका लागि राष्ट्रहरुले अभ्यास खेलिरहेका छन् । अब स्पेनले अर्को मैत्रीपूर्ण खेलमा लिथुआनियासँग तथा पोर्चुगलले इजरायलसँग खेल्दैछ । त्यसपछि दुवै टोली युरोकपमा सहभागी हुनेछन् ।

स्पेन रहेको समूह ‘ई’ मा स्वीडेन, पोल्यान्ड र स्लोभाकिया तथा पोर्चुगल रहेको समूह ‘एफ’ मा हंगेरी, जर्मनी र फ्रान्स रहेका छन् । यस्तै गएराति नै भएको अर्को खेलमा इटालीले चेक गणतन्त्रमाथि ४–० को फराकिलो अन्तरले जित हात पारेको छ ।

इटालीका लागि कइरो इमोबाइल, नोकोलो वेरेल, लोरेन्जो इन्ग्निे र डोमेनिक वेराडिले एक एक गोल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *