एजेन्सी । रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने बताउनु भएको हो ।
दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला रसियाले आगामी दिनमा अमेरिकासँग मिलेर अघि बढ्न चाहेको बताउनुभयो । विपक्षी दलका नेता नवाल्नी क्रेमलिनप्रति पुटिन सरकारले गरेको व्यवहारप्रति अमेरिकाले कडा आलोचना गरेसँगै दुवै देशको सम्बन्ध थप चिसिएको थियो ।
यस्तै युक्रेनको द्वन्द्व र अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको र ह्याकरहरुले साइबर आक्रमण गरेको लगायतका घटनामा रुसको संलग्नता रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।
राष्ट्रपति पुटिनले कोरोना महामारीको बेलामा साभा मुद्दा लिएर अघि बढ्न तयार रहेको पनि बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।