कालिकामा शिक्षण कार्यशाला शुरु

बुटवल – कालिका मानवज्ञान मावी बुटवलमा ३ दिने शिक्षण कार्यशाला शुरु भएको छ ।
कोभिड १९को कारण विद्यालयमा नियमित पठनपाठन गर्न नसकिएको अवस्थामा वैकल्पिक माध्यमबाट विद्यार्थीहरुसङ्ग सहज पहुँच बनाएर विद्यार्थीलाई सिकाइमा सन्लग्न बनाइराख्ने र विद्यालय खुलेपछि शिक्षण कृयाकलापलाई प्रभावकारी बनाउने उद्धेश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
३ दिने कार्यशालामा अङ्ग्रेजी , नेपाली , गणित , विज्ञान ,सामाजिक र सुचना प्रविधी सम्बन्धि विषयगत समुहहरु बनाएर शिक्षण समस्याको पहिचान, नयाँ शैक्षिक विधिको खोजी र शिक्षण सामग्री निर्माणमा सहजीकरण गरिने विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालिले बताए ।
कार्यशालाको पहिलो दिनमा विपदको बेलामा विद्यार्थी सहयोग र वैकल्पिक शिक्षण विधिको प्रयोगका साथै सुरक्षित कक्षा सन्चालनका उपायहरुको बारेमा छलफल गरिएको छ । दोश्रो दिनमा शिक्षणमा डिजिटल सामग्रीको प्रयोग र तेस्रो दिनमा स्थानिय श्रोतहरुको प्रयोग गरि शैक्षिक सामग्रीको निर्माण र प्रयोगको बारेमा छलफल र अनुभव आदानप्रदान हुनेछ ।
विद्यालयका २३० जना शिक्षकहरुको सहभागिता रहेको यस कार्यक्रममा १८ जना प्रशिक्षक र विषयविज्ञले सहजीकरण गरिरहेका छन।