च्याउ खाँदा जाजरकोटमा एकको मृत्यु, ८ जना गम्भीर बिरामी 

जाजरकोट – ​स्याँक्री च्याँउ खाँदा गएराती कुशे गाउँपालिका-१ की अन्जना चलाउनेको मृत्यु भएको छ । आठ जना गम्भीर बिरामी परेका छन्‌। टेक बहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धन्सरा चलाउने र औसरा चलाउने गम्भीर बिरामी परेको कुशे गाउँपालिका-१ का वडाध्यक्ष गोपाल नेपालीले जानकारी दिएका छन्‌। बिरामीहरूको उद्धार गर्न हेलिकोप्टर पठाउने पहल भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले बताएका छन्‌।