आरडिटी परिक्षणमा पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु

जनकपुर- कोरोना भाइरसको आरडिटी परिक्षणमा पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु भएको छ ।
आर्दशनगर घर भएका ६५ वर्षिय पुरुषमा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिबार राती भर्ना गरिएको थियो ।
पहिलेदेखि मुटु रोगको बिरामी रहेका र श्वासप्रश्वासमा समस्या देखिएका उनको गण्डक अस्पतालमा राती मृत्य भएको अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले वताए ।
पिसिआर परिक्षणका लागि शनिबार नै उनको स्वाब संकलन गरिएको र आज रिर्पोट आउने डा. सिंहले बताए ।
पर्सामा समुदाय स्तरमानै कोरोना भाइरसको संक्रमण बढन थालेपछि शनिबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।
वीरगञ्जको नारायणी अस्पतालको ५० सैया क्षमता भएकोे अस्थाइ कोभिड गण्डक अस्पतालमा शनिबार रातीसम्म ५३ जनालाई भर्ना गरिएको छ ।