नमूना वडाअध्यक्ष, जसले ६० स्थानमा लगाए खानेपानी धारा

बाँके – डुडुवा गाउँपालिका वडा न–३ का वडाअध्यक्ष भण्डारीलाल यादवले स्थानीयबासीको चाहना पुरा गरिदिएका  छन् ।

वडाअध्यक्ष यादवले स्थानीयको माग अनुसार वडाभित्र ६० वटा खानेपानीको (ट्युबवेल) धारा जडान गर्नुभएको हो ।

गाउँपालिकासंग पटक पटक (ट्युबवेल) धारा जडानका लागि स्थानीयले आग्रह गरेपनि सुनुवाई नहुँदा वडाअध्यक्ष भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा धारा लगाउनुभएको छ ।

वडाभित्रको कटैहिया, हल्कारापुर्वा, रमपुर्वा, बनकट्वा, हलबलडोली र मोल्बीपुर्वा गाउँका बिभिन्न व्यक्तिहरुको घर अगाडी संयुक्तरुपमा पानीको प्रयोग गर्नका लागि (ट्युबवेल) धारा लगाईएको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो ।

खानेपानी (ट्युबवेल) धारा जडानमा करिब तीन लाख खर्च भएको छ । चुनावका बेला स्थानीयको समस्यालाई समाधान गर्ने भनिएकाले आफ्नै खर्चमा खानेपानीको धारा लगाइएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यद्दपि गाउँपालिकामा यस्तो कामका लागि योजना आउने गरेको भएपनि राजनीति पक्षपातका कारण ३ नम्बर वडाका जनताले दुःख पाउने गरेको स्थानीयको भनाई छ ।