२४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा

काठमाडौं—कोरोना भाइरस (कोभिड–१९) विगतमा भन्दा केही कडा रुपमा देखा परेको अधिकारीहरुले बताएका छन् ।

लकडाउन खुला गरेसँगै समुदायस्तरमा देखिन थालेको संक्रमणले बिरामीहरुलाई क्रमसः आईसीयुसम्म पु¥याएको छ । हाल देशभर ५ हजार १ सय ३९ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

यीमध्ये २४ जना आईसीयु १ जना भेन्टिलेटर र १ जना अक्सिजन (सिप्याप)को सहारामा उपचार भइरहेको अस्पतालहरुले बताएका छन् । नेपालमा ९ माघमा पहिलो पटक चीनबाट आएका एक पुरुषमा कोरोना पुष्टि भएको थियो ।

टेकु अस्पतालका अनुसार ती युवकमा कडा खोकी, ज्वरो र निमोनिया भएकाले आईसीयुको सहारा आवश्यक परेको थियो । तर, त्यसयता अधिकांश संक्रमित भारतबाट आएका थिए । उनीहरुमा लक्षण देखिएको थिएन । लक्षण नभएका कारण केही दीर्घ रोगबाहेक अरु आईसीयुमा नपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले साउन ७ देखि लकडाउन खुला गरेसँगै संक्रमितहरु आईसीयुमा पुग्न थालेका छन् । लकडाउन खुला हुुनु र सामाजिक दूरी कायम नहुँदा जोखिम बढ्दैं गएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म ४९ जनाको मृत्यु भएको छ । कहाँ कति छन् कोरोना संक्रमित आईसीयुमा ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान —१ जना

नारायणी अस्पताल वीरगञ्ज —५ जना

जनकपुर प्रादेशिक अस्पताल —१ जना

लुम्बिनी प्रादेशिक अस्पताल —२ जना

नेपालगञ्ज मेडिकल कलेज —२ जना

शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु—८

पाटन अस्पताल —२ जना सशस्त्र प्रहरी

अस्पताल बलम्बु—२ जना

त्रिवि शिक्षण अस्पताल—१ जना

भेन्टिलेटरमा भएको संख्या लुम्बिनी प्रादेशिक अस्पताल— १ जना

शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल—अक्सिजन (सिप्याप)मा १ जना
हेल्थ आवाज ।