शनिबार देशभर ८हजार ९८० जनामा कोरोना संक्रमण,कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुग्याे

काठमाडौं – शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ५९१ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको हो।

हाल देशभर सक्रिय संक्रमित को संख्या १ लाख १५ हजार ८०६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार ८ हजार ८ सय ४८ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ३ लाख ८३ हजार ६ सय ८४ कोरोनामुक्त भएका छन्।

त्यस्तै १२९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ।