माधव नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण साेधियाे

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले ओलीले माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्नुभएको छ।

आजको बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ।

विपक्षी गठबन्धनसँग मिलेर प्रधानमन्त्री पदबाट हटाउन हस्ताक्षर गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।

स्पष्टीकरण सोधिएका सांसदहरूमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, लक्ष्मी चौधरी, मुकुन्द न्यौपानेसहित ११ सांसद रहेका छन्।