एमाले अध्यक्ष ओलीले बोलाए स्थायी समिति बैठक

फाइल तस्विर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् । शनिबार अपरान्ह ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक जीवन र निर्वाचन घोषणा भैसकेको अवस्थाबारे छलफल हुनेछ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले गएराति प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरेका छन् । यसलाई विपक्षी गठबन्धनले प्रतिगमन भाग २ भनेका छन् ।