देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन स् प्रकाशमान सिंह

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन् । उनले भने ,ु एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ ।’

योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिए सिंहले बताए । देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन,’ उनले भने ।

जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ भन्ने सिंहको प्रश्न छ ।

अक्सिजनको सिलिन्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गरिएको उनको भनाइ छ । उनले भने, ‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवन रक्षा गर्ने हुनुपर्थ्यो ।’