सभामुख संविधानविद् र शीर्ष नेतासँगको सघन छलफलमा

काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले सघन छलफल सुरु गरेका छन् ।

 


विभिन्न राजनीति दलका शीर्ष नेता र संविधानविद्सँग सभामुख सापकोटाले सघन छलफलमा जुटेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
‘विकसित राजनीतिक घटनाक्रम र निकासबारे सभामुख ज्यु सरोकारवालाहरुसँग सघन छलफलमा जुट्नुभएको छ,’ सापकोटाले भने, ‘छलफलपछि सायद उहाँको धारणा पनि आजै सार्वजनिक हुनेछ।’
अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।