सुर्खेत । कोरोनाको पहिलो लहरदेखि निरन्तर माहामारी रोकथाम तथा नियन्त्रणमा लागि परेको चौधरी फाउन्डेसनले सुर्खेत र धनगढिमा छिट्टै अक्सिजन प्लान्ट स्थापना गर्न लागेको छ ।
पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमणसँगै मृत्युदर बढ्दै गएपछि फाउन्डेसनले बिरामी बचाउन सुर्खेतको वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको हो ।
गत वर्षदेखि देशभरका अस्पतालमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको फाउन्डेसनले वीरेन्द्रनगरमा छिट्टै अक्सिजन प्लान्ट संचालनमा ल्याउने भएको छ । फाउन्डेसनका जेनरल म्यानेजर एवंम कर्पोरेट कम्यूनिकेशन डिर्पार्मेण्ट प्रमुख मधुसुधन पौडेलका अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि वीरेन्द्रनगर नगरपालिकालाई उपयुक्त स्थान छनोट गर्न अनुरोध गरिएको छ ।
प्लान्ट स्थापना कार्यले अक्सिजन नपाएर कुनै पनि बिरामीलाई मर्न नदिने वीरेन्द्रनगरको अवधारणालाई सहयोग पुग्ने भएको छ । नगरपालिकासँग समन्वय गरी प्लान्ट स्थापनाका लागि आवश्यक सबै प्रmित्रया पुरा गर्ने तयारीमा रहेको फाउन्डेसनले सामान आयात गर्न लागेको डिर्पार्मेण्ट प्रमुख मधुसुधन पौडेलले बताए । उनका अनुसार सुर्खेतसँगै धनगढि नगरपालिकासँग पनि समन्वय गरी धनगढिमा छिट्टै अक्सिजन प्लान्ट स्थापना गरिने भएको छ ।
सहयोग जारी, वीर अस्पतालमा १८ बेडको आईसीयू कक्ष
कोरोना माहामारीको पहिलो लहर चेलसँगै माहामारी नियन्त्रण तथा रोकथामका लागि देशभर स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको चौधरी फाउन्डेसनले सहयोग कार्य जारी राखेकोे छ । नवलपरासी लगाएतका जिल्लामा निशुल्क अक्सिजन सिलिन्डर आपुर्ती गर्दै आएको फाउन्डेसनले वीर अस्पतालमा आईसियू बेड स्थापना गर्न सम्झौता गरेको छ ।
फाउन्डेसनका जेनरल म्यानेजर एवंम कर्पोरेट कम्यूनिकेशन डिर्पार्मेण्ट प्रमुख मधुसुधन पौडेलका अनुसार ५ सय बढि शैया भएको काठमााडौं स्थित वीर अस्पतालमा १८ बेडको आईसियू कक्ष स्थापना गर्ने सम्झौता भएको हो । फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
अस्पताल र फाउन्डेसनबिच भएको सम्झौता अनुसार १८ बेडको आईसियू कक्षसहित फाउन्डेसनको समन्वयमा नविल बैंकलेृ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी भएको छ । जसका लागि केहि दिनभित्र वीर अस्पतालमा सामान आईपुग्नेछ । कम्यूनिकेशन डिर्पार्मेण्ट पौडेलले भने, ‘कोरोनाको पहिलो लहरदेखि नै सबै अस्पताललाई पीपीई, सेनिटाइजर, मास्क लगाएतका सामाग्री वितरण गर्दै आएका छौं । जसले स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहज भएको छ ।’
चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्ने कार्य जारी रहेको बताए । ‘कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास जारी रहनेछ’ उनले भने ‘हाल सबैले सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा समेत सरिक हुनुपर्ने बेला आएको छ । यसका लागि आवश्यक परेको खण्डमा हाम्रो फाउन्डेसन सहयोग गर्न तयार छ ।’