राष्ट्रपतिले दिएको समय सकियो , प्रधानमन्त्री को बन्ला

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा ५ अनुसार दिएको समय सकिएको छ । राष्ट्रपतिले बिहीबार नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिनुभएको थियो ।
समयमा प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा १५३ सांसद रहेको भन्दै प्रधानमन्त्रीका लागि फेरि दावी प्रस्तुत गर्नुभएको छ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ।

यस्तै विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको दावी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेश गर्नूभएको छ।

ओलीले एमालेका सबै १२१ जना सांसदहरु रहेको दाबी गर्नूभएको छ। । जबकि उहाँकै दलका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी नेताहरुसँग शीतलनिवासमै राष्ट्रपतिलाई भेट्न पुगेका छन् । माधव पक्षका सांसदहरुले विपक्षी गठबन्धनमा हस्ताक्षर गरिसकेकाले ओलीसँग १२१ सांसद नरहेको कुरा कागजबाटै पुष्टि भइसकेको छ

संविधानको धारा ७६ ५ ले दलगत रुपमा नभएर व्यक्तिलाई मात्रै चिन्ने संविधानविदहरुले बताउँदै आएका छन् ।

अब राष्ट्रपतिले विपक्षी दलको बहुमतको हस्ताक्षर ग्रहण गर्नुहुन्छ या प्रधानमन्त्री ओलीको कुरा सुन्नुहुन्छ यसबारे प्रष्ट हुन केही समय अझै कुर्नुपर्नेछ ।