शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौं – नेपाल शिक्षक महासंघले बुधबारदेखि दोस्रो चरणको आन्दोलन थालेको छ ।

शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउनेदेखि संक्रमित शिक्षकको उपचार, कोरोनाका कारण मृत्यु भएका शिक्षकको परिवारलाई क्षतिपूर्ति, सम्झौताअनुसार राष्ट्रिय शिक्षा ऐन बनाउनुपर्नेलगायत माग राख्दै आन्दोलन सुरु गरिएको हो ।

आन्दोलनलाई परिणाममुखी बनाउन संवैधानिक मागसहित मन्त्रीको मोबाइलमा एसएमएस गर्नेदेखि फेसबुक वालमा खुलापत्र सार्वजनिक गर्नेसम्मका कार्यक्रम गरेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

यसअघि, महासंघले ३४ सूत्रीय माग र त्यसअघि नै सरकारसँग भएका विभिन्न सम्झौताको ३० बुँदासहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई मागपत्र बुझाइसकेको छ ।

 

#baahrakhari