स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना बाँकी

काठमाडौं – राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ।

खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । डा. देवकोटाले पाएको मतभार बादलको भन्दा ४५० बढी छ ।