किन असफल हुँदैछ लकडाउन ?

काठमाडौं – आज देशका अधिकांश जिल्ला र मुख्य सहरहरू लकडाउनमा गएको २२ दिन भयो । कोभिड संक्रमणको चेन टुटाउनका लागि १४ दिनको लकडाउन भए पुग्छ भनिन्छ किनभने एउटा संक्रमित व्यक्ति १४ दिनसम्म अरु कसैको सम्पर्कमा आउन पाएन भने उसले अरुलाई रोग सार्न पाउँदैन ।

अर्थात् वैशाख १६ गते देखि सुरु भएको लकडाउन यदी प्रभावकारी भएको भए वैशाख ३० गते देखि कोभिड–१९ को दोस्रो लहर नियन्त्रणमा आउँथ्यो । तर, आजको अवस्था हेर्दा २२ दिन पछिसम्म पनि कोभिड संक्रमण र मृत्युदर नियन्त्रणमा आउने हैन बरु अझ भयंकर रुपमा बढ्ने क्रममा छ ।

अहिले हामी अत्यन्त डरलाग्दो अवस्थामा छौं तर सरकारी स्तरबाट यो विषयको महत्व जनतालाई थाहा दिन खोजिएको छैन ।

सरकारी तथ्यांकअनुसार अहिले पनि कोरोना संक्रमित भएर मृत्युवरण गर्ने दर १।१८ प्रतिशत भनिएको छ । यो हेर्दा रोग त नियन्त्रणमानै छ नि भन्ने देखिन्छ । तर अवस्था धेरै भयावह छ ।