कोरोना संक्रमणबाट बाँकेका २ अस्पतालमा थप १७ जनाको मृत्यु

नेपालगञ्ज– कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप १७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणपछि बाँकेका विभिन्न अस्पतालमा भर्ना भइ उपचाररत १७ जनाको मृत्यु भएको हो।

नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा मंगलबार राति बुधबार बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ।

उपचारका क्रममा मृत्यु हुनेमा आठ बाँके र नौजना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए।

यससँगै बाँकेमा कोरानाबाट २५४ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २१० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताए।

 

#nepallive