सशस्त्रको गोली लागेका युवकको मृत्यु, छानबिन समिति गठन गरिने

काठमाडौं – नवलपरासी पश्चिम को दक्षिणी सिमानामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।

आज बिहान गोली प्रहारबाट प्रतापपुर गाउँपालिका कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका थिए ।

उनलाई उपचारका क्रममा बुटवल लैजाँदै गर्दा मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका अनुसार भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा उनीहरुले गस्तीमा खटिएका सशस्त्रका सईमाथि चिरपट प्रहार गरेका थिए ।

त्यसपछि स्थानीय र सशस्त्रबीच झडप भएको थियो । झडपमा सईसहित ११ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन सशस्त्रले दुई राउण्ड हवाई फायर समेत गरेको थियो ।

घटनाको छानबिनका लागि समिति बनाउने तयारी भएको बताइएको छ ।

गृहका अधिकारीको नेतृत्वमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहितको छानबिन समिति गठन गर्न लागिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।

 

#baahrakhari