कोरोनाबाट आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको मृत्यु

कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको निधन भएको छ । उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

संघका अनुसार डा कार्कीको आइसीयूमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।

डा कार्की ललितपुरको किस्ट मेडिकल कलेजमा कार्यरत थिइन्।

संघले एक विज्ञप्ति जारी गर्दै देशले एक प्रतिष्ठित र कुशल नेत्ररोग विशेषज्ञ गुमाएको भन्दै दुख व्यक्त गरेको छ।

नेपाल मेडिकल कलेजबाट एमबीएस गरेकी डा।कार्कीले धरानबाट एमडी गर्नुका साथै अमेरिकामा समेत अध्ययन गरेकी थिइन् । उनका पति प्रराब्ध सिजापती पनि डाक्टर नै हुन् । उनीहरुका दुई छोरा छन् ।

 

#nepalnews