कोरोना विरुद्धको खोप उत्पादन गर्दै आएको भारतको सेरम इन्स्टिच्युटले कोभिड भ्याक्सिन भारतबाहेक अरू देशमा तत्कालै नपठाउने जनाएको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगर्ने जानकारी दिएको हो।
सेरमले तत्कालै खोप निर्यात नगर्ने बताएपछि नेपाल सरकाले यसअघि खरिद गरेपनि आउन बाँकी रहेको १० लाख खोप तत्काल आउने सम्भावना टरेको छ। नेपालले २० लाख डोज खोप खरिदका लागि सेरमलाई रकम बुझाएको थियो ।
तत्काल खोप नआएपछि गत फागुन २३ गते पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकले दोस्रो डोज लगाउने कार्यक्रम प्रभावित हुने सम्भावना बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू ले बताएका छन
सो कम्पनीले सन् २०२१ को अन्त्यतिरबाट मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ।
सेरमले खोप खरिदका लागि रकम बुझाइसकेका देशको विषयमा प्रष्ट रूपमा उल्लेख गरेको छैन।
सेरम संसारमा धेरै खोप उत्पादन गर्ने मध्येको कम्पनी हो।
Important Information pic.twitter.com/M1R1P6rqUp
— SerumInstituteIndia (@SerumInstIndia) May 18, 2021