काठमाडौं – नेपालमा थप ९२ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । यस्तै, एकैदिन २१४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । ५७ सय ६७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।