विश्व उच्च रक्तचाप दिवस हरेक वर्ष मे १७ तारिखका दिन अर्थात( आज )यो दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।
यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।
तपाईंको रक्तचाप सही मापन गर्नुहोस् भन्ने नाराका साथ यस वर्ष विश्व उच्च रक्तचाप दिवस मनाइदै छ
२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।
सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको थियो ।
बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई हाइपरटेन्सिभ अर्थात् उच्च रक्तचापको बिरामी बनाइरहेको डाक्टरले बताएका छन ।यस्तै शहरी क्षेत्रमा उच्च रक्तचापको समस्या बढ्दो छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने डाक्टरको भनाइ छ।