काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले शुक्रबार पदभार ग्रहण गरेका छन् । उनले आजै शीतल निवासमा पर्यटनमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
मन्त्री ढकालले पशुपति आर्याघाटमा कोभिड १९ का संक्रमितको शवको दाहसंस्कार कार्यमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन स्वरूप प्रति शव एक हजार रूपैयाँ भत्ता दिने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् ।
उनले पर्यटन क्षेत्रको उद्धार र राहतका लागि विशेष ध्यान पुग्ने गरी नीति र बजेट तर्जुमा गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए । सो अवसरमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालयमा भैरहेको गतिबिधिको बारेमा जानकारी गराएका थिए ।
ratopati