काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ ।
ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग सरकारमा सहभागी हुन प्रस्ताव राख्नुएको हो । तर जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग भने ओलीले छलफल गर्नूभएको छैन ।
ठाकुर महतो निकटकी सांसद एवम् जसपा कार्यकारिणी सदस्य चन्दा चौधरीले सरकारमा सहभागी हुन प्रस्ताव आए पनि आफूहरूको एजेण्डा सम्बोधन नभइ सरकारमा नजाने बताउनुभएको छ ।
‘चौधरीले भन्नुभयो संविधान संशोधनका लागि मस्यौदा समिति, नेता कार्यकर्ताको रिहालगायतका एजेण्डाको सम्बोधन हाम्रो मुख्य उद्धेश्य हो, , ‘हामी सरकारमा गयौं भने पनि एक डेढ महिनापछि जान्छौं। त्यति बेलासम्म हाम्रा माग पुरा हुने चरणमा हुनुपर्छ। अन्यथा हामी सरकारमा जादैनौं।’