एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं – प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।