सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा थप १७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ४, कैलाली ११, बझाङ्गमा १, अछाम १ रहेका छन् ।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५१ मा एन्टिजेन परीक्षण गर्दा ९८ जनामा कोरोना पुष्टी भई १० जनाको मृत्यु भएको छ भने १ हजार ७ सय २३ मा पिसिआर परीक्षण गर्दा ७ सय १२ जनामा कोरोना पोजेटिभ पुष्टी भई ७ जनाको मृत्यु भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।