शीतलनिवास जाने नजानेबारे निर्णय लिन देउवा र उपेन्द्रबीच भेट हुँदै


अहिलेसम्म संकट नै दिएको छ स् महकाठमाडौं – नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवसँग निर्णायक छलफल गर्ने भएका छन् । काँग्रेसको पदाधिकारी बैठकमा देउवाले यादवसँगको छलफलपछि आगामी रणनीति तय गर्ने बताएका सहमहामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।

महतका अनुसार छलफलका लागि यादव देउवा निवास बूढानीलकण्ठ जाँदै छ । देउवा र यादव बीचको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सामेल हुने उनको भनाई छ । माओवादीको स्थायी कमिटी सकिएपछि प्रचण्ड पनि देउवा निवास जाने छन् । तीन नेताबीच छलफल गरेर बहुमतको सरकार निर्माणका लागि माग दाबी पेस गर्ने नगर्ने तय हुने महतले बताए ।

उनले भने, ‘परिस्थिति अनुकूल बनेको अवस्था छैन । परिस्थिति अनुकूल बनेपछि अगाडि बढ्ने हो । अहिलेसम्म त्यो भएको छैन । संकट नै देखिएको छ ।’ अब सरकारका लागि दाबी पेस गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘यादवजी आउँदै हुनुहुन्छ । सरसल्लाह गरेर गर्छौं । त्यसको अर्थ हुने गरेर दाबी पेस गर्ने हो । अर्थ नै नहुने गरी दाबी पेस गर्न कुरा भएन ।