एकैदिन २१४जना संक्रमितको मृत्यु, ८९६० नयाँ संक्रमित थपिए

काठमाडौँ – नेपालमा थप २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्राप्त तथ्यांक अनुसार थप २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ। केहि दिनयता देखि संक्रमण दरसँगै मृतकको संख्या पनि बढ्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा मात्रै २ हजार ७ सय ३३ जना संक्रमित थपिएका छन् । त्यस्तै, भक्तपुरमा ३ सय ४८, ललितपुरमा ४ सय ८१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ पछि रुपन्देहीमा सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५ सय ११ जनामा कोरोना पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा एकैपटक ५ हजार ५५ जना जना संक्रमित कोरोना मुक्त भएका छन् ।

हाल कोरोनामुक्त हुने दर ७४। ६ प्रतिशत रहेको छ । पछिल्लो तथ्यांकअनुसार हाल कोरोनामुक्त हुने संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ ।