हाम्रो राजीनामा दुईचार दिन टर्‍यो : माधव नेपाल

काठमाडौं – एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका छन् । अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् ।

‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ । त्यस्तै उनले आज आफ्नो समूहका सांसदहरुले दिने भनेको राजीनामा पनि टरेको बताए । उनकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।

‘बैशाख २६ गते केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे जे विषयवस्तु अघि सारेको थिएँ, त्यसमा छलफल गरियो’ ओलीसँगको भेटवार्तापछि नेता नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसला बमोजिम पार्टीलाई जेठ २ गतेको अवस्थामा पुर्याउने सहमति भएको छ ।’

त्यस्तै उनले पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल जारी राख्ने भन्ने कुरा भएको र कुरा जारी रहेको पनि बताए । त्यस्तै उनले समस्या समाधान गर्न कार्यदल बनाएर सहमतिका आधारमा टुंगो लाग्ने नेता नेपालको भनाइ छ ।