अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्दै

 काठमाडौँ – अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ।

अमेरिकी दुतावासले जनाए अनुसार अमेरिकी इन्डो–प्यासेफिक कमान्डले कोभिड महामारीको सामना गर्न अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु उपलब्ध गराउन थप ३२ करोड ४३ लाख बराबरको सहयोग गर्ने घोषणा गरेको हो। दुतावासले यसअघि पनि अमेरिकाले नेपाललाई ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ।

अमेरिकी दुतावासको अनुसार नेपालमा युएसएआइडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड-१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको छ।